साँगुरीगढी नेपालको प्रदेश नं १ अन्तर्गत धनकुटा जिल्लामा पर्ने एक गाउँपालिका हो । नेपाल सरकारले साविकका बुढीमोरङ, खुवाफोक, फाक्सिव, डाँडाबजार, भेडेटार, महाभारत र आहाले गाँउ विकास समितिहरुलाई समायोजना गरी साँगुरीगढी गाँउपालिका बनाएको हो । यस गाँउपालिकाको कुल क्षेत्रफल १६६.४४ बर्ग किलोमिटर र कुल जनसंख्या २१ हजार ५ सय ३६ रहेको छ । १० वडामा विभिजित यो साँगुरीगढी गाँउपालिकाको भेडेटार बजार क्षेत्र यहाँको रमणीय स्थलको रूपमा प्रख्यात छ । गाउँपालिकाको वृत्तचित्र हेर्न यो लिंक(साँगुरीगढी गाउँपालिका वृत्तचित्र) मा क्लिक गर्नुहोस् |
सँगुरीगढी गाउँपालिकाको सातौँ गाउँ सभा २०७७ असार १५ गते संघीय माननीय श्री राजेन्द्र कुमार ज्यू को सम्बोधन र निर्देशनका साथ सम्पन्न
साँगुरीगढी गाउँपालिकाको सातौँ गाउँ सभा २०७७ असार १० भेडेटार,धनकुटा
छैठाैं गाउँ सभा
घरेलु सोैर्य उर्जा प्रणाली वितरण कार्यक्रम
शैक्षिक सत्र २०७५ सालको SEE परिक्षामा उत्कृष्ट GPA हाँसिल गर्न सफल छात्र / छात्रा तथा उत्कृष्ट GPA हाँसिल गराउन सफल विषयगत शिक्षक / शिक्षिका सम्मान कार्यक्रम ।